• २०८१ बैशाख १६ आइतबार

अस्ट्रेलियाद्वारा जोकोभिचको भिसा फेरि रद्द

kharibot

काठमाडौँ । अष्ट्रेलियाले टेनिस स्टार नोभाक जोकोभिचको भिसा फेरि रद्द गरेको छ ।

समाचार एजेन्सी एएफपिका अनुसार अस्ट्रेलियाका अध्यागमन मन्त्री एलेक्स हकले आफ्नो अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गरेका हुन् । दोस्रो पटक भिसा रद्द भएपछि जोकोभिचका वकिलले सो निर्णयलाई चुनौती दिदै अदालत जाने तयारी गरेको मिडिया रिपोर्टमा बताइएको छ ।

जोकोभिचले कानुनी लडाई नलडेमा वा अदालतले मन्त्रीको निर्णय सदर गरेमा उनलाई तुरुन्तै अस्ट्रेलियाबाट निष्काशित गरिने बताइएको छ ।

अस्ट्रेलियन ओपन खेल्न मेलवर्न पुगेका जोकोभिचलाई अस्ट्रेलियन सरकारले कोरोनाविरुद्धको खोप नलगाएको भन्दै भिसा रद्ध गरेको थियो । अस्ट्रेलियन सरकारले भिसा रद्ध गरेपछि जोकोभिचले मेलवर्नमै रहेर कानुनी लडाई लडेका थिए । अदालतले सरकारको भिसा रद्ध गर्ने निर्णय उल्टाएर भिसा दिन आदेश दिएपनि सरकारले अहिलेसम्म सो आदेश पालना गरेको थिएन ।

यसै बीच जोकोभिच खेल्ने अस्ट्रेलियन ओपनमा उनको नाम समावेश गरिएको ड्र सार्बजनिक गरिएको छ । उनी पहिलो राउण्डमा सर्बियाकै मिओमिर केच्मानो भिकविरुद्ध खेल्ने गरि विहिबार तालिका सार्बजनिक गरिएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै