• २०८१ बैशाख ३० आइतबार

प्रदेश २ को नाम मधेस प्रदेश

kharibot

काठमाडौँ । प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । आज भएको प्रदेश सभाको बैठकले मतदानबाट प्रदेशको नाम मधेस प्रदेश राख्ने निर्णय गरेको हो । 

मधेस प्रदेशको पक्षमा ८० मत परेको थियो । मतदान प्रक्रियामा ९९ सांसदले भाग लिएका थिए ।  १०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ । 

प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएका थिए । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् । 

मधेश केन्द्रित दल जसपा, लोसपा र माओवादी केन्द्र मधेश प्रदेशको पक्षमा लागेका थिए भने कांग्रेस मिथिला भोजपुरा र नेकपा एमालेले जानकी प्रदेश हुनुपर्ने अडानमा थिए । 

पहिलो प्रस्ताव दुईतिहाइ मतले पारित भएपछि अन्य प्रस्तावहरु खारेज भएको सभामुखले घोषणा गरेका छन् ।  

यसअघि आजै प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम भएको छ ।

सोमबार सम्पन्न मतदानमा प्रदेश सांसद परमेश्वर शाहले पेश गरेको प्रस्तावको पक्षमा ७८ मत परेपछि प्रदेशको राजधानी जनकपुरधाम भएको हो ।

आज  प्रदेश सभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो ।  १०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै