आठमाडौं । आहा-रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।
शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटम आ पराजित गर्दै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो ।
पेनाल्टी सुटआउटमा मनाङका ओलावालेले हानेको पेनाल्टी एपीएफका जापानी गोलकिपरले बचाएपछि एपीएफले ५-४ ले खेल जितेको थियो ।
यसअघि खेलको अग्रता विभागीय टिम एपीएफले लिएको थियो । खेलको २०औं मिनेटमा युवराज खड्काको गोलमा एपीएफले अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफको ६७औं मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल गरेका थिए । खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए भने इन्जुरी समयको पहिलो मिनेटमै एपीएफका रबि थिङले हेडमार्फत गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए । त्यसपछि भएको अतिरिक्त समयको खेलमा कुनै गोल हुन सकेको थिएन ।
उपाधि सहित एपीएफले १० लाख रुपैयाँ पुरस्कारस्वरूप पाएको छ भने उपविजेता मनाङले ५ लाख पाएको छ ।