• २०८१ बैशाख २१ शुक्रबार

एनआईबिएल एस क्यापिटल लिमिटेड नामबाट एकीकृत कारोबार सुरु 

kharibot

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेडले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा गत कात्तिक २३ गते भएको सहमतिबमोजिम दुवै कम्पनीले एकीकृत कारोबार सुरु गरेका हुन् । 

गत मंसिर २९ गते सम्पन्न छट्टाछुट्टै विशेष साधारणसभाले यसबारे निर्णय गरी कम्पनी रजिष्ट्रारको कार्यालयबाट यही माघ ११ गते स्वीकृतिप्राप्त गरेको थियो । सोही आधारमा आज आइतबारदेखि एनआईबिएल एस क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोवार सञ्चालन भएको कम्पनीले जनाएको छ  

यो मर्जर पश्चात यस कम्पनीको चुक्ता पुँजी २७ करोड हुने र हालसम्मकै सबैभन्दा बढी चुक्ता पुँजी भएको धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर), १ लाख ४२ हजार भन्दा वढि हितग्राहीखाता, ४ वटा शाखाकार्यालयहरु (थप ३ वटा खुल्ने क्रममा रहेको) र ३८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्यमार्फत करिब १० लाख सेयरधनीहरुलाई सेवाप्रदान हुनेछ । 

सहकार्यपश्चात् हाल गर्दै आएको मर्चेन्ट बैंकिङ व्यवसायमा सकारात्मक असर पर्नुको अतिरिक्त हालको सेवाहरु अझ सुदृढ र सशक्त रुपमा विस्तार गर्दै नेपाली बजारमा आफ्नो विशिष्ट पहिचान बनाउनसकिने विश्वास लिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै