• २०८१ बैशाख २८ शुक्रबार

आईपीएल- कसले जित्ला ‘ओरेन्ज क्याप’ ?

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । 

आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् । 

पाँच ओरेन्ज क्यापमा हकदार 

जस बटलर
राजस्थान रोयल्सका लागि ओपनिङ गर्ने इंग्ल्यान्डका ब्याटर जस बटलर यस वर्ष ओरेन्ज क्याप जित्ने सबैभन्दा बलिया दाबेदार हुन् । बटलरले आईपीएल-२०२२ मा एक सानदार शतक बनाएका छन् । उनले पाँच खेल खेल्दासम्म २७२ रन बनाएर ओरेन्ज क्याप जित्ने खेलाडीको सूचीमा आफूलाई शीर्षस्थानमा राखेका छन् । 

केएल राहुल
पछिल्लो दुई तीन आईपीएलमा ओरेन्ज क्यापको दाबेदारीमा सधै देखिएने नाम हो केएल राहुल । यस वर्ष समेत राहुलले आफूलाई दाबेदारीमा प्रस्तुत गरेका छन् । जारी आईपीएलमा उनले एक शतक प्रहार गर्दै ६ खेलमा २३५ रन बनाएका छन् र दाबेदारीको सूचीमा दोस्रो स्थानमा राखेका छन् । 

हार्दिक पाण्डे
यसपटक आईपीएलमा सबैलाई स्तब्ध पार्ने अर्काे नाम हो हार्दिक पाण्डे । भारतीय अलराउन्डर तथा गुजरात टाइटन्सका कप्तानसमेत हुन् हार्दिक । हार्दिकले पाँच खेलमा २२८ रन बनाएका छन् र आफूलाई ओरेन्ज क्याप दाबेदारमा तेस्रो स्थानमा उभ्याएका छन् । 

लियाम लिभिङस्टोन
ओरेन्ज क्यापको दौडमा यसपटक पञ्जाब किंङ्सका घातक ब्याटर लियाम लिभिङस्टोनसमेत देखिएका छन् । उनले ६ खेलमा २२४ रन बनाएका छन् । जारी लिगमा आक्रामक खेलकै कारण इंग्ल्यान्डका यी खेलाडी दाबेदारमा रहेका हुन् । 

राहुल त्रिपाठी
सनराइजर्स हैदराबादका ब्याटर राहुल त्रिपाठी ओरेन्ज क्यापको दाबेदारमा रहने पाँचौ खेलाडी हुन् । जारी लिगमा राहुल राम्रो लयमा समेत छन् । उनले ६ खेल खेल्दा २०५ रन बनाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै