• २०८१ बैशाख १६ आइतबार

आईपीएलका पाँच ‘फ्लप’ भारतीय क्रिकेटर

kharibot

काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल)–२०२२ क्रिकेट प्रतियोगिता जारी छ । जहाँ विश्वका चर्चित खेलाडी आपसमा १० टिममा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । 

जारी लिगमा युवा खेलाडीको वर्चश्व छ र प्रदर्शन समेत युवा कै राम्रो देखिएको छ । आईपीएलमै गरेको प्रदर्शनले समेत राष्ट्रिय टिमकाे ढोका खोल्ने या बन्द गर्ने सम्भावना रहन्छ ।  

भारतमा समेत आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउने खेलाडीको कमी छैन । तर, यस सिजन ठूला र चर्चित केही खेलाडी भने प्रतियोगिताभर पूरा ‘फ्लप’ रहेका छन् । 

केही खेलाडीको लागि मेगा अक्सनअघि नै टिमले करोडौं रुपैयाँ लगाएर ‘रिटेन’ गरेका थिए । तर, हालसम्म ३१ खेल समाप्त भइसकेको अवस्था ठूला र चर्चित खेलाडीको प्रदर्शन भने बिर्सनलायक छ । खेलाडीले खास प्रदर्शन गर्न सकेका छैनन् । 

यी हुन् यसपटक ‘फ्लप’ रहेका पाँच क्रिकेटर:

अक्षर पटेल
दिल्ली क्यापिटल्सले मेगा अक्सनअघि नै अक्षर पटेललाई बोली लगाएको थियो र नाै करोड (भारु) मा रिटेन गरेको थियो । तर, अक्षर अहिलेसम्म पूरा ‘फ्लप’ रहेका छन् । उनले पाँच खेलमा जम्मा एक विकेट लिएका छन् भने ७८ रन मात्रै बनाएका छन् । 

रोहित शर्मा
आईपीएलको सबैभन्दा सफल कप्तान बनेका रोहित शर्मा यस सिजनको भने खास प्रदर्शन दिन सकेका छैनन् । मुम्बई इंन्डियन्सले रोहितलाई १६ करोड (भारु) मा रिटेन गरेको थियो । यस सिजन ६ खेल खेलिसकेका उनले सर्वाधिक ४१ रन बनाएका छन् । हालसम्म उनले जम्मा एक सय १४ रन बनाए । 

विराट कोहली
रोयल च्यालेन्जर्स बैंगलोरका पूर्वकप्तान तथा ब्याटर विराट कोहली समेत यस सिजन ‘फ्लप’ रहेका छन् । विराटलाई बैंगलोरले १५ करोड (भारु)मा रिटेन गरेको थियो । उनले यस सिजन सात खेलमा मात्र सर्वाधिक ४८ रन बनाएका छन् । हालसम्म एक सय १९ रन बनाएका रोहितको औषत प्रदर्शन १९ दशमलब ८३ रहेको छ । 

मोहम्मद सिराज
मोहम्मद सिराजलाई रोयल च्यालेन्जर्स बैंगलोरले सात करोड (भारु) मा रिटेन गरेको थियो । उनी समेत ‘फ्लप’ सूचिमा चौथो नम्बरमा छन् । सिराजले यस सिजन सात खेलमा ६ विकेट लिएका छन् । यस सिजन उनले नाै दशमलव ८९ इकोनोमीमा रन खर्चिएका छन् । 

रविन्द्र जडेजा
रविन्द्र जडेजाले यसपटक चेन्नई सुपर किंग्सको कप्तानी गरिरहेका छन् । उनलाई यस सिजन १६ करोड (भारु) मा रिटेन गरेको थियो । जडेजाले यस सिजन ६ खेलमा पाँच विकेट लिएका छन् र ८८ रन बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै