• २०८१ बैशाख १७ सोमबार

सर्वोच्चद्वारा राष्ट्र बैंकका गभर्नर अधिकारीको पक्षमा आदेश

kharibot

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार गभर्नरको पक्षमा आदेश दिएको हो ।

गभर्नर अधिकारीमाथिको कारबाही यथास्थितिमा राख्ने र उनलाई काम गर्न दिने यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तरता दिएको छ । सर्वोच्चले यसअघि वैशाख ६ गते अधिकारीमाथि गरिएको कारवाही कार्यान्वन नगर्न अल्पकालीन आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै