• २०८१ बैशाख १७ सोमबार

गभर्नर अधिकारीविरुद्धको रिटमा सर्वोच्चले दुबै पक्षलाई बोलायो

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले अन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश गरेको हो ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन् । अधिकारी गभर्नरमा नियुक्त भएको ४ वर्षपछि योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

अधिकारी २०७६ चैत २४ गते गभर्नर नियुक्त भएका थिए । अधिवक्ता दीपकराज जोशी, प्रतापसिंह ठकुराठीलगायतले गभर्नरबाट अधिकारीलाई बर्खास्त गर्न माग राखेर बिहीबार रिट निवेदन दर्ता गराएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै