• २०८१ बैशाख २० बिहीबार

खेलकुदमन्त्रीद्धारा सन्जुको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

kharibot

कोहलपुर । भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका छन् । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

मंगलबार काठमाण्डौंमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह नगर बाँके लगिएको थियो । बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीकालागी राखिएको छ । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुगेका मन्त्री गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गरेका हुन् । 

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरेका थिए । 

१३औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएका थिए । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५: ३० बजे मृत अवस्थामा भेटिनुभएको थियो ।

चौधरीको उनकै गृहनगरमा बुभबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै