काठमाडौँ । अर्जेन्टिनी विंगर एंगल डी मारियाले पिएसजी छोड्ने भएका छन् ।
३४ बर्षिय विंगर मारियाको पिएसजीमा यस सिजनको अन्त्यसँगै सकिन लागेको सम्झौता नवीकरण नहुने भएपछि उनले पिएसजी छोड्ने भएका हुन् ।
मिडिया रिपोर्टका अनुसार मारिया सिरी ए क्लब युभेन्टस जाने भएका छन् । गोल डट कमले मारियासँग युभेनता ले एक सिजनका लागि सम्झौता गर्ने सहमति गरेको उल्लेख गरेको छ ।
अब मारियाले पिएसजीका लागि मे २१ मा हुने मेट्जविरुद्धको अन्तिम खेल खेल्ने बताइएको छ ।
मारियाले पिएसजीमा सात बर्ष बिताएका छन् ।
म्यानचेस्टर युनाइटेडबाट २०१५ मा पिएसजी आएका मारियाले पिएसजीका लागि ५ घरेलु लिग जिते पनि च्याम्पियन्स लिगमा भने प्रभाव देखाउन सकेनन् । तर पिएसजीलाई २०१९-२० सिजनमा च्याम्पियन्स लिगको फाइनलमा भने पुर्याएका थिए ।
पिएसजीका लागि २९४ खेलमा ९१ गोल गरेका मारियाले ११८ गोल असिस्ट समेत गरेका छन् ।