• २०८१ बैशाख १६ आइतबार

सिन्धुलीको दुधौली नगरपालिकाको प्रमुखमा माओवादीको जित

kharibot

सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन् ।

नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका छन् । दनुवारले १५ हजार ८३८ तथा  थारुले १४ हजार २१३ मत प्राप्त गरे ।

प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरेका छन् ।

पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित भएका थिए । चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ ।

कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ । 

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा  माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन्  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै