• २०८१ बैशाख १८ मंगलबार

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा माल्दिभ्सका पूर्व राष्ट्रपतिलाई विषेश जिम्मेबारी प्रदान

kharibot

माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नाशिद

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नाशिदलाई विषेश जिम्मेवारी दिएका छन् । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्काको लागि राहत संकलन गर्न संयोजनकारी भूमिका खेल्ने जिम्मेबारी उनलाई दिइएको हो । 

विषेश गरेर अन्य मुलुकहरूले श्रीलङ्कालाई दिने सहयोगका लागि उनले संयोजनकारी भूमिका खेल्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशिदले संयोजनकारी भूमिका खेल्न चाहेको र त्यो जिम्मेबारी दिन आग्रह गरेको पनि प्रधानमन्त्रीको कार्यालयले स्वीकार गरेको छ । 

कार्यालयका अनुसार नाशिदको आग्रह अनुसार नै उनलाई प्रधानमन्त्री विक्रमासिङ्घेले जिम्मेबारी दिएका हुन् । 

आफ्नो देशलाई सघाउन लागेकोमा विक्रमासिङ्घेले नाशिदलाई धन्यवाद दिँदै श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । 

“श्रीलङ्काको आर्थिक सङ्कट समाधानका लागि सहयोगी भूमिका खेल्न चाहेको र त्यसका लागि विभिन्न मुलुकहरूसँग समन्वय गर्ने जिम्मेबारी दिएमा गर्ने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिदको प्रस्तावलाई मैले स्वीकार गरेको छु । सोही अनुसार उहाँलाई जिम्मेबारी पनि दिएको छु,” प्रधानमन्त्री विक्रमासिङ्घेले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केही दिन अगाडि विक्रमासिङ्घे प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

उनले शुक्रबार नै मन्त्रपरिषद् विस्तार पनि गरेका छन् । त्यसैगरी सङ्कट समाधानका उपायका बारेमा अन्य सरोकारवालाहरूसँग पनि पहल गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै