• २०८१ बैशाख २० बिहीबार

विराटनगरको मयेरमा कांग्रेसका नागेश र उपमेयरमा एमालेकी शिल्पा विजयी

kharibot

विराटनगर । विराटनगर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला ३०,१७० मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सागरकुमार थापालाई ८,७१५ मतान्तरले पराजित गरेका हुन् । पराजित सागरकुमार थापाले २१,४५५ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार शिल्पा कार्की २५,६८० मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार अमरेन्द्र यादवले १४,२१९ मत ल्याएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै