काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने आफ्नै फैसला उल्टाएको छ ।
विहिबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालसहितको पूर्णइजलासले आफ्नै फैसला उल्टाएको हो ।
११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएका कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेको फैसलाविरुद्ध महान्यायधिवक्ता कार्यालयले पुनरावलोकन रिट दायर गरेको थियो ।
१५ असार २०७७ मा तत्कालीन प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्यासम्बन्धी मुद्दामा रञ्जनको कैद सजाय घटाउने फैसला गरेको थियो । जसअनुसार साढे आठ वर्ष कैद बसेर कोइराला कारागारमुक्त भएका थिए ।
यसअघि उच्च अदालतले जन्मकैद गरेकामा सर्वोच्चले ८ वर्ष ६ महिनामा झारेको थियो । सर्वोच्चले कैद घटाएसँगै कोइराला छुटेका थिए ।
अब सर्वोच्चले आज उच्च अदालतको फैसला सदर गरेपछि कोइरालाको जेल सजाय कायम भएको छ ।