• २०८१ बैशाख १७ सोमबार

पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

kharibot

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।  कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले आफ्नै फैसला उल्ट्याएको दोस्रो दिन शुक्रबार प्रहरीले कोइरालालाई पक्राउ गरेको हो ।

कोइरालालाई काठमाडौंको बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

२०६८ सालमा श्रीमती गीताको हत्या गरी शवसमेत नष्ट गरेका कोइरालालाई २०७१ सालमा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सो आदेशलाई पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।

जेलमा रहेका कोइरालालाई अघिल्लो बर्ष सर्वोच्चमा प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले बालबच्चाको संरक्षणको मानवीय पक्ष जोडिएको भन्दै कैद ८ बर्ष कायम हुने गरि घटाएको थियो ।

विहिबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालसहितको पूर्णइजलासले फैसला उल्टाएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै