• २०८१ बैशाख १८ मंगलबार

आइपिलका पाँच फ्लप स्टार

kharibot

काठमाडौँ । आईपीएल २०२२ मा धेरै खेलाडीको सुपरहिट प्रदर्शनको चर्चा भइरहेको छ । जसका कारण उमरान मलिक जस्ता युवा स्पीड स्टारले पनि टीम इन्डियामा स्थान पाएका छन् । यी स्टारहरूमा केही फ्लप स्टार पनि थिए, जसले रन बनाउन सकेनन् । आज हामी ती ५ फ्लप स्टारहरूको बारेमा कुरा गर्नेछौं, जसले फ्रेन्चाइज र फ्यानहरूको ठूलो अपेक्षा पूरा गर्न सकेनन्।

१- केन विलियम्सन

केन विलियम्सनलाई विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्ये एक मानिन्छ । सनराइजर्स हैदरावादको टोलीले विलियम्सनलाई पूर्णकालीन कप्तान बनाएको थियो । उनले आफ्नो प्रदर्शनले टोलीलाई प्लेअफमा पुर्‍याउने सबैलाई लागेको थियो । वास्तविकता ठीक उल्टो थियो । विलियम्सनले १३ खेलमा १९ को कमजोर औसतमा २१६ रन मात्र बनाए । उनको स्ट्राइक रेट पनि १०० भन्दा कम थियो । विलियम्सनको खराब ब्याटिङकै कारण सनराइजर्स आईपीएल २०२२ मा प्लेअफमा पुग्न सकेन ।

२. शाहरुख खान 

शाहरुख खानलाई पञ्जाब किंग्सले उच्च अपेक्षासहित रिटेन गरेको थियो । किंग्सले अन्ततः मिडल अर्डरमा एकजना ब्याट्सम्यान फेला पारेको महसुस गरेको थियो, जसले टोलीको लागि फिनिसरको भूमिका निभाउने छ । गत सिजन पनि शाहरुखले केही महत्वपूर्ण इनिङ्स खेलेका थिए । यसपटक उनी ब्याटिङमा पूर्ण रूपमा फ्लप भए । शाहरुखले आठ खेलमा १६ को निकै कमजोर औसतमा १७० रन मात्र बनाउन सकेका थिए । त्यसैले उसलाई मध्य-सिजन प्लेइङ इलेवन बाट हटाइयो । पञ्जाब किंग्स यस सिजनमा प्लेअफमा पुग्न सकेन ।

३- केरोन पोलार्ड

केरोन पोलार्डलाई मुम्बईको सबैभन्दा ठूलो म्याचविनरको रूपमा व्याख्या गरिएको थियो । पोलार्डले गत सिजन असम्भव देखिने केही खेलमा आफ्नो ब्याट बलमा टिमलाई जित दिलाएका थिए । यसपटक पनि ब्याटिङको पावर हाउस भनिने पोलार्डबाट मुम्बईले धेरै आशा राखेको थियो । यस सिजनमा सबै आशा निराशा परिणत भयो । पोलार्डको खराब प्रदर्शन पनि मुम्बईले लगातार आठ खेलमा हार बेहोर्नुको प्रमुख करण बन्यो । त्यति मात्र होइन मुम्बई यस सिजनमा पुछारमा रहदै बाहिरियो ।

४- ललित यादव

सिजनको पहिलो खेलमा मुम्बईविरुद्धको खेलमा अक्षर पटेलसँग मिलेर टिमलाई जित दिलाएका ललित यादवलाई हेर्दा यो पटक दिल्ली टोलीका लागि धेरै टाढा नहुने देखिएको थियो । त्यसको एक प्रदर्शनपछि ललित यादवको ब्याटले रन बनाउन सकेन । टोलीले उनलाई अवसर दियो र उनी डेलिभर गर्न असफल भए । अन्ततः ललित यादवले प्लेइङ इलेभेनबाट बाहिरिनु परेको थियो ।

५ - अनुज रावत

अनुज रावतले ओपनिङ पाएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले विराट कोहलीलाई मिडल अर्डरमा ब्याटिङ गर्न आग्रह गरेको थियो । जसका कारण विराट चाँडै फर्ममा फर्किन सकेनन् । अनुज रावतको लगातार फ्लप शो पछि, उनलाई अन्ततः टोलीबाट हटाइयो र विराटलाई ओपनर दिइएको थियो । जसका कारण आज आरसीबी प्लेअफमा पुगेको छ । ओपनर अनुज रावतले केही खेलमा राम्रो ब्याटिङ गरेको भए बेंगलुरुले अन्तिममा दिल्लीको हारमा भर पर्ने थिएन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै