काठमाडौं । रियल म्याड्रिडका ब्राजिलियन युवा स्ट्राइकर भिनिसियास जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका छन् ।
फेडेरेसन अफ युरोपियन फुटबल एसोसियसन (युइएफए) ले मंगलबार भिनिसियसलाई च्याम्पियन्स लिग युवा प्लेयर अफ द सिजन' को अवार्ड दिएको हो । प्राविधिक अब्जर्भरको प्यानलले यो निर्णय गरेको युइएफले जनाएको छ ।
भिनिसियस जुनियरले रियल म्याड्रिडलाई १४औँ च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा फाइनल खेलमा निर्णायक गोल गरेका थिए । लिभरपुलविरुद्ध रियल म्याड्रिडको यस जितमा २१ बर्षिय भिनिसियसले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
च्याम्पियन्स लिगको यस सिजनमा उनले १३ खेल खेल्दै ४ गोल गरेका थिए भने ६ गोल असिस्ट समेत गरेका थिए ।