• २०८१ बैशाख १७ सोमबार

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

kharibot

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको छ । 

नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी र शिक्षण अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्र आदन प्रदान गरि औपचारिक रुपमा ह्वीलचियर हस्तान्तरण गरिएको हो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्वीलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउए । उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे । 

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले समाजप्रति पनि ठूलै दायित्व रहेको बताए । हाललाई १०० वटा ह्वीलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजाने प्रतिवद्धता पराजुलीले व्यक्त गरे । 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डाक्टर दिनेश काफ्लेले बिरामी अस्पताल आउदा देखि नै ह्वीलचेयर आवश्यकता पर्ने र अस्पतालको आवश्यकता अनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद व्यक्त गरे । यस्ता मनकारी संघ संस्थाहरुको सहयोगले नै अस्पताल जिवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उनको भनाइ थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै