• २०८१ बैशाख १७ सोमबार

खाद्यान्नको मूल्य वृद्धिपछि श्रीलङ्कामा अघिल्लो बर्षभन्दा बढी धान रोपाईं हुने

kharibot

कोलम्बो । श्रीलङ्काका किसानहरूले रोपाईंको समयमा खेती गरिने औसत भूमिभन्दा बढी क्षेत्रफलमा धान रोपाईं गरेको एक मन्त्रीले सोमबार सञ्चारकर्मीलाई बताएका छन् ।

सरकारले आर्थिक सङ्कट बढिरहेका समय खाद्यान्न सङ्कटलाई न्यून बनाउन किसानहरूलाई बढीभन्दा बढी खेती गर्न आग्रह गरेको कृषि मन्त्री महिन्दा अमरावीराले बताए ।

खाद्यान्नको अभावसँगै भएको मूल्य वृद्धिपछि किसानहरूले सकेसम्म बढी खेती गरिरहेको पाइएको बताए । 

श्रीलङ्कामा ‘याला’ अर्थात् यो मौसममा किसानहरूले औसतमा चार लाख ४,००,००० हेक्टर क्षेत्रफलमा रोपाईं गर्ने गर्थे भने अहिले करिब पाँच लाख हेक्टर जमिनमा रोपार्ईं भएको अनुमान गरिएको छ । 

"यसले गर्दा मौसमले साथ दिएमा श्रीलङ्काले करिब दुई महिनाको लागि मात्र चामल आयात गर्नुपर्ने हुन सक्छ,” उनले बताए ।

श्रीलङ्काले २०२१ अप्रिलमा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको र यसले गत बर्षको कृषि उत्पादन ह्वात्तै घटेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै