• २०८१ बैशाख १७ सोमबार

मन्त्री आलेको घोषणाको विरोध गर्दै वायुसेवा सञ्चालक संघले प्रधानमन्त्रीलाई लेख्यो पत्र

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले संसदमा घोषणा गरेको पुराना जहाज खरीद गर्ने समय घटाउने विषयप्रति वायुसेवा कम्पनीहरुले कडा विरोध गरेका छन् । 

वायुसेवा सञ्चालक संघका अध्यक्ष क्या. रामेश्वर थापाले शुक्रबार प्रधानमन्त्रीलाई पत्र लेख्दै संवाद नै नगरी मन्त्रीबाट एकतर्फी अभिव्यक्ति दिएको उल्लेख गरेका छन् ।

यसअघि १ असारमा संसदमा बोल्दै मन्त्री आलेले प्रेसराइज जहाज १० वर्ष र ननप्रेसराइज जहाज १५ वर्ष पुरानो भएपछि किन्न नपाउने गरी सरकारले नियम बनाउन लागेको बताएका थिए । अहिले यस्तो नियम १५ र २० वर्ष रहेको छ ।

संघले जहाजको हरेक पार्टपूर्जाको निश्चित साइकल तथा अवधि हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्डको अक्षरस पालना गरिएको समेत जनाएको छ । साथै संघले मन्त्रीले स्वच्छाचारी, अव्यवहारी तथा तर्कहिन अभिव्यक्ति भएको भन्दै यसलाई कार्यान्वयन नगर्न/नगराउन प्रधानमन्त्री समक्ष आग्रह समेत गरेको छ ।

स‌ंघले प्रधानमन्त्रीलाई लेखेको पत्रः


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै