• २०८१ बैशाख १७ सोमबार

सोमालियाका राष्ट्रपति कोभिड सङ्क्रमित

kharibot

नैरोबी। सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन्  ।

सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, “अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।”

“जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।”

छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् । मे १५ मा भएको निर्वाचनपछि उनले पहिलो पटक विदेशको औपचारिक भ्रमण गरेका हुन् ।

मोहमुद पूर्व शैक्षिक तथा शान्ति अभियान्ता हुन् । उनि पहिले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति भएका थिए उनको पहिलो प्रशासन भ्रष्टाचार र लडाइँको कारण प्रभावित बनेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संकटग्रस्त अफ्रिकी यस राष्ट्रले २६ हजार ७४८ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ ।

यसमध्ये एक हजार ३६१ जनालाई घातक खालको सङ्क्रमण भएको पुष्टि गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै