• २०८१ बैशाख १७ सोमबार

सोमालियामा १७ लडाकू मारिए

kharibot

मोगादिसु । सोमालियामा थप १७ लडाकू मारिएका छन् । सुरक्षाकर्मीहरुको कारबाहीका क्रममा बिहीबार उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । 

मारिएका सबै जना अल शबाब समूहका लडाकू भएको जनाइएको छ । सोमालियाको सेनाले सुरक्षा कारबाही अझै पनि तिव्र रुपमा जारी रहेको जनाएको छ ।

देशको हालेस, क्वासाली, नुसफानक्सा, बुबुर लागयतका ठाउँमा अतिवादी लडाकू समूह विरुद्धको कारबाही चलाइएको हो । 

सोमालियामा यस बर्षको सुरु देखि नै सुरक्षा कारबाहीलाई तिव्रता र प्राथमिकता दिइएको अधिकारीहरुले जनाएका छन् ।

सुरक्षाकर्मीहरुले लक्षित गरेको सो शबाब समूहले देशका कतिपय ठाउँ आफ्नो नियन्त्रणमा रहेको दावी गर्दै आएको छ ।

त्यसैगरी कतिपय उच्च पदस्थ अधिकारीहरुलाई सो समूहले आक्रमण गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै