• २०८१ बैशाख १५ शनिबार

भारतविरुद्ध इङल्याण्डको खराब शुरुवात

kharibot

काठमाडौँ । भारतविरुद्धको गतबर्ष स्थगित भएको टेस्ट सिरिजको पाँचौ खेलमा इङल्याण्डले खराब शुरुवात गरेको छ ।

भारतले आफ्नो पहिलो इनिङमा ४१६ रन बनाएपछि ब्याटिंग थालेको इङल्याण्डले केवल ८४ रनमा आफ्ना शुरुवाती ५ विकेट गुमाएको छ ।

बर्षाले प्रभावित दोस्रो दिनको खेल सकिदा इङल्याण्डले ५ विकेट गुमाउदै ८४ रन बनाएको छ र भारतभन्दा अझै ३३२ रनले पछाडी रहेको छ ।

इङल्याण्डका लागि जोनी बैरस्ट्रव र कप्तान बेन स्टोक हाल क्रिजमा रहेका छन् ।

इङल्याण्डलाई दबाबमा राख्न भारतीय कप्तान जसप्रित बुमराहले ३ विकेट लिए भने मोहमद सामी र मोहमद सिराजले एक एक विकेट लिएका छन् ।

शुक्रबारदेखि शुरु भएको यस टेस्टमा इङल्याण्डले टस जितेर पहिला बलिङ गरेको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले ४१६ रन बनायो । भारतका लागि ऋषव पन्तले १४६ रन बनाएका थिए भने रविन्द्र जडेजाले १०४ रन बनाएका थिए । त्यस्तै कप्तान जसप्रित बुमराहले ३१ रन बनाए भने भारतका लागि शुभमन गिलले १७, चैतेश्वर पुजाराले १३, हनुमा विहारीले २०, विराट कोहलीले ११, श्रेयस अय्यरले १५ रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर जेम्स एण्डरसनले ५ विकेट लिएका छन् भने माथ्यु पोट्सले २, कप्तान बेन स्टोक, स्टुअर्ट ब्रोड र जो रुटले एक एक विकेट लिएका छन् । 

यस सिरिजको पहिलो खेल ड्र भएको थियो भने दोस्रो र चौथो खेल भारतले जितेको थियो । त्यस्तै तेस्रो खेल ईङल्याण्डले जितेको थियो । सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै