• २०८१ बैशाख १४ शुक्रबार

इङल्याण्ड २८४ मा अलआउट, पहिलो इनिङमा भारतलाई १३२ रनको बढ्त

kharibot

काठमाडौँ । भारतविरुद्धको गतबर्ष स्थगित भएको टेस्ट सिरिजको पाँचौ खेलमा इङल्याण्ड पहिलो इनिङमा २८४ रनमा अल आउट भएको छ ।

खेलको तेस्रो दिन इङल्याण्ड २८४ रनमा अल आउट भएको हो । इङल्याण्डका लागि जोनी बयरस्टोले सर्बाह्दिक १०६ रन बनाए भने साम ब्लिंग्सले ३६ रनको योगदान दिए ।  त्यस्तै जो रुटले ३१, कप्तान बेन स्टोकले २५ र माथ्यु पोट्सले १९ रनको योगदान दिएका थिए । 

त्यसैगरी भारतीय बलर मोहमद सिराजले सर्बाधिक ४ विकेट लिएका छन् भने कप्तान जसप्रित बुमराहले ३, मोहमद सामीले २ र श्रदुल ठाकुरले एक विकेट लिएका छन् । 

योसँगै पहिलो इनिङमा भारतले १३२ रनको महत्वपूर्ण अग्रता हासिल गरेको छ ।  अब केहीबेरमा भारतले आफ्नो दोस्रो इनिङको ब्याटिंग शुरु गर्दै छन् ।      

यस अघि शुक्रबारदेखि शुरु भएको यस टेस्टमा इङल्याण्डले टस जितेर पहिला बलिङ गरेको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले ४१६ रन बनाएको थियो । भारतका लागि ऋषव पन्तले १४६ रन बनाएका थिए भने रविन्द्र जडेजाले १०४ रन बनाएका थिए । त्यस्तै कप्तान जसप्रित बुमराहले ३१ रन बनाए भने भारतका लागि शुभमन गिलले १७, चैतेश्वर पुजाराले १३, हनुमा विहारीले २०, विराट कोहलीले ११, श्रेयस अय्यरले १५ रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर जेम्स एण्डरसनले ५ विकेट लिएका छन् भने माथ्यु पोट्सले २, कप्तान बेन स्टोक, स्टुअर्ट ब्रोड र जो रुटले एक एक विकेट लिएका छन् । 

यस सिरिजको पहिलो खेल ड्र भएको थियो भने दोस्रो र चौथो खेल भारतले जितेको थियो । त्यस्तै तेस्रो खेल ईङल्याण्डले जितेको थियो । सिरिजमा भारत २-१ ले अगाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै