• २०८१ बैशाख १७ सोमबार

मन्त्रिमण्डल पुनर्गठन: जसपाका तीन मन्त्री फेरिए

kharibot

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । सोमबार जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का तर्फबाट तीन मन्त्रिलाई हेरफेर गर्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल हेरफेर गरेकी छन् ।

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर तीन नयाँ मन्त्री बनाएको छ । जस्पबात भौतिक पुर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपंक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदिपकुमार यादव नियुक्त भएका छन् । त्यस्तै सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठ भने कायम रहने भएका छन् ।

हाल जसपाबाट मन्त्री रहेका भौतिक पुर्वाधार मन्त्रीमा रेणुकुमारी यादव, कृषी तथा पशुपंक्षी मन्त्रीमा महेन्मृद्गेर राय यादव र बनमन्त्रीमा रामसहाय प्रसाद यादव फिर्ता भएका छन् ।

आइतवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएका थिए । नवनियुक्त मन्त्रीहरुको आजै सपथ हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै