काठमाडौँ । आसीसी विश्वकप छनौट अन्तर्गतको आज भएको खेलमा हङकङले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको हङकङ ४८.२ ओभरमा १५४ रन बनाउदै अल आउट भएको थियो ।
हङकङका लागि निजाकत खानले ४७ रन बनाएका छन् भने एह्शान खानले २१ र बबर ह्यातले २० रन बनाएका थिए ।
त्यस्तै नेपालका बलरले आज तुलनात्मक रुपमा राम्रो बलिङ गर्दै हङकङलाई अल आउट गरेको छ । नेपालका लागि सन्दीप लामीछानेले ३ विकेट लिए भने बसन्त रेग्मी र करण केसीले २-२ र सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका छन् ।
नेपालले आफ्नो जवाफी ब्याटिंग गर्दै छ
नोट: म्याच रेफ्रीले हङकङ १५३ रनमा अलआउट भएको कन्फर्म गरेकाले सच्याइएको छ ।