• २०८१ बैशाख १६ आइतबार

क्लास्सिक टेकले नेपालभरी थप ३ सय फाइबर प्राविधिक कर्मचारी नियुक्त गर्दै 

kharibot

काठमाडौँ l क्लास्सिक टेकले देशै भरि थप ३ सय नयाँ प्राविधिक कर्मचारी  नियुक्त गरेको छ । वर्षा मौसम मा धेरै फाइबर सम्बन्धी समस्या आउने र कर्मचारी पानीको कारणले बिधुत पोलमा चडेर काम गर्न नमिल्ने भएकोले र  बढ्दो ग्राहक लाई सुबिधा दिन प्रतिक्रियाको अनुमानित समय भित्र काम गर्न कम्पनीले यो धेरै संख्या मा कर्मचारी नियुक्त गरेको हो । 

अब क्लास्सिक टेकको  १०३ आउटलेट संगै रहेका आफ्ना प्रयोगकर्ता हरुकोलागी सपोर्टको पहुच बढाएको छ । जसले गर्दा छिटो प्राविधिक सहायता दिन मद्दत पुर्याउने छ भने मर्मत मा लाग्ने समय पनि घटेर छिटो छरितो रुपमा सेवा प्रदान गर्न थप मद्धत पुग्ने कम्पनीको भनाइ छ । 

यसका साथै क्लास्सिक टेकले आफ्नो आइपीटिभिटी पनि अपडेट भर्सन १.१.२ ल्याएको छ । १०० भन्दा बढी एचडी च्यानेल र १०० एसडी च्यानेलहरुमा पनि नया फिचर ल्याएको छ । जसले गर्दा टिवीमा  हेर्दाको अनुभवलाई अझै राम्रो बनाउने छ ,बफरिङ मुक्तहरुको समाधान गर्ने कम्पनी ले बताएको छ । 

यो संगै कम्पनीले आउने दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट नियुम्तम मूल्य मा दिने रहेको छ । यसमा थप जानकारी को लागि www.classic.com.np बाट लिन सकिने छ वा  ९८०१००४४७७ मा जानकारी लिन सकिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै