• २०८१ बैशाख १७ सोमबार

एसपीपी कार्यन्वयन नहुने पत्र अमेरिकालाई पठाइसक्यौं- परराष्ट्रमन्त्री खड्का

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी स्टेट पाटरसिप प्रोग्राम (एसपीपी) कार्यन्वयन नहुने पत्र अमेरिकालाई पठाएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै परराष्ट्रमन्त्री खड्काले एसपीपी कार्यन्वयन नहुने पत्र सरकारको निर्णय अनुसार जुलाई २५, २०२२ अर्थात २०७९ साउन ९ गते कुटनीतिक माध्यमबाट पठाएको बताएका हुन् ।

सरकारले गत ६ असारमा एसपीपी अगाडि नडढाउने निर्णय गरेको थियो । उक्त निर्णयबारे अमेरिकालाई जानकारी दिन पत्र नपठाएको भनी सरकारमाथि संसद र सार्वजनिक रुपमा प्रश्न उठ्दै आएको थियो ।

निरन्तर प्रश्न उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले ५ साउनान सरकारलाई एसपीपीबारे भएको गतिविधिबारे जानकारी गराउन रुलिङ गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै