काठमाडौँ । शुक्रबार साँझ अमेरिकाको न्युयोर्कमा आक्रमणमा परेका चर्चित लेखक सलमान रुस्दीमाथि अवस्था गम्भीर रहेको जनाइएको छ ।
न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाइ आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।
आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।
प्रख्यात कृति ’द सैटानिक भर्सेस’का कारण उनलाई विगतमा ज्यान मार्ने धम्की आएको थियो ।
२० सेकेन्डमा १५ पटकसम्म छुरा प्रहार
शुक्रबार साँझ अमेरिकाको न्युयोर्क राज्यमा आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीमाथि गर्धनमा १० देखि १५ पटक छुरा प्रहार भएको जनाइएको छ । उनलाई २० सेकेन्डमा १० देखि १५ पटक छुरा प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
शहरबाट करिब १०० किलोमिटर टाढा चौताउवा इन्स्टिच्युसनमा आयोजित कार्यक्रमको मञ्चमा एक आक्रमणकारी पुगेर उनलाई छुरा प्रहार गरेको कार्यक्रमका दर्शकसमेत रहेका रब्बी चाल्र्स सेभेनोरले बताए ।
२० सेकेन्डभित्र १० देखि १५ पटक छुरा प्रहार भएको उनले बताए । आक्रमणपछि उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो ।