• २०८१ बैशाख १७ सोमबार

बेलुन डो अर अवार्डका लागि धेरै पटक मनोनयनमा पर्ने खेलाडी को को छन् ?

kharibot

काठमाडौँ । फ्रान्स फुटबल एसोसियसनले हरेक बर्ष प्रदान गर्ने प्रतिष्ठित बेलुन दो अर अवार्डको यस बर्षको मनोनयन सार्बजनिक गरिएको छ । 

यस बर्षको मनोनयनमा लियोनेल मेसी र नेइमार समावेश छैनन् । यस बर्षको मनोनयनमा परेका खेलाडीहरुमा लिभरपुलबाट मोहमद सलाह, ट्रेन्ट अलेजेन्डर आर्नोल्ड, लुइस डियाज, फाबिन्हो, भर्गिल भान डिक, डर्विन नुनेज रहेका छन् । त्यस्तै म्यानचेस्टर सिटीका फिल फोडेन, केभिन डी ब्रुने, रियाद महरेज, जोआओ कान्सेलो, एर्लीङ हालाण्ड, बेर्नान्डो सिल्भा रहेका छन् । त्यसैगरी रियल म्याड्रिडबाट करिम बेन्जमा, थिबाउट कोउर्टोइस, भिनिसियस जुनियर, कासेमिरो, लुका मोड्रीच, एन्टोनियो रुडीगेर, रहेका छन् ।

त्यस्तै बायर्न म्युनिखका जोशुआ किमिच, साडियो माने रहेका छन् भने एसी मिलानका राफेल लिअओं र माइक माइगनान, आरबी लेइपजिंगका क्रिस्टोफर कुनकु, बार्सिलोनाका रोबेर्ट लेवानडोस्की, टोटनह्यामका सो हेंग मिन, डोर्टमण्डका सेब्स्टेन हालेर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, पिएसजीका किलियन एम्बाप्पे र युभेन्ट्सका दुसान भ्लाहोभिक रहेका छन् । 

योसंगै अहिलेसम्म बेलुन डो अर अवार्डका लागि सबैभन्दा बढी मनोनयन क्रिस्टियानो रोनाल्डोले पाएका छन् । रोनाल्डो अहिलेसम्म १८ पटक यस अवार्डका लागि मनोनयनमा परेका छन् । त्यस्तै रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरि पाँच पटक यो अवार्ड पनि जितेका छन् ।  रोनाल्डोभन्दा मेसीले यो अवार्ड ७ पटक जितेका छन् ।

यसैबीच बेलुन डो अरका लागि धेरै पटक मनोनयनमा पर्ने खेलाडीको यस रिपोर्टमा चर्चा गर्दै छौं ।

रोनाल्डो १८ पटक यस अवार्डका लागि मनोनयनमा परेर सबैभन्दा अगाडी रहेका छन् । त्यसैगरी ७ पटक यो अवार्ड जितिसकेका लियोनेल मेसी १५ पटक यस अवार्डका लागि मनोनयनमा परेका छन् ।

त्यस्तै इटालीका पुर्व खेलाडी पाओलो माल्दिनी बेलुन डो अर अवार्डका लागि १३ पटक मनोनयनमा परेका थिए । त्यसैगरी पुर्व डच खेलाडी जोहान क्रुइफ बेलुन डो अरका लागि १२ पटक मनोनयनमा परेका थिए भने जर्मनीका पुर्व खेलाडी फ्रान्ज बेकेनबाउएर पनि यस अवार्डका लागि १२ पटक मनोनयनमा परेका थिए ।

स्विडेनका खेलाडी जलाटन इब्राहिमोविच यस अवार्डका लागि ११ पटक मनोनयनमा परेका छन् भने इटालियन गोलकिपर गियानलुइगी बुफन र फ्रान्सका स्ट्राइकर करिम बेन्जमा पनि बेलुन डो अरका लागि ११-११ पटक मनोनयनमा परेका थिए ।

त्यस्तै पिएसजीबाट खेल्ने ब्राजिलका नेइमार, फ्रान्सका पुर्व खेलाडी थिएरी हेनरी, क्यामरुनका साम्युअल इटो  बेलुन डो अरका लागि ९-९ पटक मनोनयनमा परेका छन् ।

त्यसैगरी इङल्याण्डका वाइन रुनी, आइभरी कोस्टाका डीडीयर ड्रोग्वा, स्पेनका गोलकिपर इकर कासिलास र फ्रान्सका जिनेदिन जिदान बेलुन डो अरका लागि ८-८ पटक मनोनयनमा परेका छन् । 
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै