• २०८१ बैशाख १७ सोमबार

जेम्स वेबले खिचेको बृहस्पतिको नयाँ रंगिन फोटो चर्चामा

kharibot

काठमाडौँ । नासाको जेम्स वेब स्पेस टेलिस्कोपले आफ्नो चमत्कार गर्न जारी राखेको छ । टेलिस्कोपले अन्तरिक्षमा टाढाको तस्बिर खिचेर सबैलाई चकित बनाएको छ । तर जेम्स वेबले हाम्रो आफ्नै सौर्यमण्डलको तस्बिर खिचेका छन्, जुन झनै अचम्मको छ ।

जेम्स वेबले खिचेको बृहस्पति ग्रहको नयाँ फोटो हालै नासाले सार्बजनिक गरेको छ । यद्यपि यो फोटो जेम्स वेबले जुलाई महिनामा खिचेको हो । नासाले जेम्स वेबले खिचेको बृहस्पतिको रंगीन तस्बिर जारी गरेका छन् । यस अघि नासाले ब्ल्याक एण्ड ह्वाइट फोटो सार्बजनिक गरेका थिए ।

क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर इमेरिटा र खगोलविद् इम्के डे पाटरले भनेका छन्-'हामीले वास्तवमै यो राम्रो हुने अपेक्षा गरेका थिएनौं ।' यो तस्बिरमा बृहस्पतिको ध्रुवमा अरोरा (ध्रुवीय बत्तीहरू) देखिएका छन् । यसबाहेक नासाले जारी गरेको तस्बिरमा बृहस्पतिको गोलाकार जस्तो धमिलो आकृति पनि देखिएको छ । चित्रमा बृहस्पतिको ठूलो रातो स्पट पनि देखिन्छ । यसलाई एक आँधी हुनसक्ने अनुमान गरिएको छ, जुन पृथ्वीको आकारभन्दा ठूलो छ । तर तस्विरमा रातो रंगको यो आँधी सेतो देखिन्छ ।

बृहस्पति ग्रहमा धेरै चम्किलो सेतो धब्बा र रेखाहरू देखिन्छन्, जुन उच्च उचाइमा बादल हुन सक्छ । जेम्स वेब टेलिस्कोपले मानव आँखाले नदेखिने प्रकाश पनि देख्छ । यस कारणले बृहस्पतिको ध्रुवीय प्रकाशबाट निस्कने प्रकाश खाली ठाउँमा फैलिएको देखिन्छ । टेलिस्कोपले बृहस्पति ग्रहको वरिपरिको घेरा पनि देखेको छ, जुन ग्रहभन्दा करिब १० लाख गुणा कम उज्यालो छ । यो तस्वीरमा बृहस्पतिका दुई चन्द्रमा पनि देखिएका छन् ।

बृहस्पति जेम्स वेब टेलिस्कोपको मात्र लक्ष्य होइन। यो टेलिस्कोप ब्रह्माण्डको अदृश्य प्रकाश हेर्न प्रयोग भइरहेको छ । यस टेलिस्कोपको निर्माण सन् २००४ मा सुरु भएको थियो । वर्षौंको कडा परिश्रमपछि, सुनको ऐनासहितको यो टेलिस्कोप २५ डिसेम्बर २०२१ मा सार्वजनिक गरिएको थियो । १२ जुलाई २०२२ मा, यसले आफ्नो पहिलो तस्बिर जारी गर्‍यो, जुन अन्तरिक्षमा लिइएको सबैभन्दा टाढाको फोटो थियो । यो टेलिस्कोप अन्तरिक्ष निर्माणसँग सम्बन्धित रहस्य जान्नको लागि डिजाइन गरिएको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै