• २०८१ बैशाख १७ सोमबार

हजुरआमा एलिजावेथको निधनपछि साथ देखिए विलियम्स र ह्यारी

kharibot

काठमाडौँ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको सम्मान गर्न विन्डसर क्यासलमा आइपुगेका मानिसहरू अचम्ममा परेका थिए, जब राजकुमार र राजकुमारीहरू विलियम र वेल्सको क्याथरिनक साथै प्रिन्स ह्यारी र मेगनका साथ देखा परेका थिए । उनीहरूले सँगै रानी एलिजाबेथ द्वितीयलाई दिइएको श्रद्धाञ्जली हेरे र उपस्थित सर्वसाधारणलाई अभिवादन गरेका थिए ।

दुई राजकुमार र उनीहरूका पत्नीहरूले शनिबार विन्डसर क्यासलको गेटहरू बाहिर ब्यारिकेडहरूमा उभिएका शुभचिन्तकहरूको भीडलाई पनि अभिवादन गरेको दृश्यले उपस्थित सर्बसाधारण समेत खुशी देखिएका थिए ।

दुई वर्षभन्दा बढी समयपछि चारैजना सँगै देखिनुलाई दुखको बेला राजपरिवारमा देखिएको अभूतपूर्व एकताको रुपमा विश्लेषण गरिएको छ ।

महारानी एलिजाबेथ द्वितीयका चार नातिनी र नातिनी जारा टिन्डल, राजकुमारी बीट्रिस र युजेनी र लेडी लुइस विन्डसर र कान्छो नाति पिटर फिलिप पनि उपस्थित थिए ।

यसअघि, राजा चार्ल्स तृतीयलाई उनकी आमा, महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि औपचारिक रूपमा सम्राट घोषणा गरिएको थियो । लन्डनको सेन्ट जेम्स प्यालेसमा एकेसन्स काउन्सिलको बैठकमा, राजा चार्ल्सले आफ्नो बाँकी जीवन राजाको रूपमा सेवा गर्न समर्पित गरेका थिए ।

समारोहमा बेलायतका नयाँ प्रधानमन्त्री लिज ट्रसलगायत अन्य राजनीतिज्ञहरू पनि उपस्थित थिए । कार्यक्रममा लेबर पार्टीका नेता केयर स्टारर, पूर्व प्रधानमन्त्री टोनी ब्लेयर, गोर्डन ब्राउन, बोरिस जोन्सन, डेभिड क्यामरुन, टेरेसा मे, जोन मेजर पनि उपस्थित थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय