• २०८१ बैशाख १७ सोमबार

सौर्यमण्डल बाहिर दुई 'सुपर अर्थ' भेटिए !

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । वैज्ञानिकहरूले हाम्रो पृथ्वीबाट १०० प्रकाश वर्षको दूरीमा रहेका दुई ‘सुपर अर्थ’ जस्तो ग्रह फेला पारेका छन् । यी दुवै ग्रहहरू टिओआई-४३०६ वा स्पेकुलूस-२ नामक सानो र चिसो ताराको परिक्रमा गरिरहेका छन् ।

खगोल भौतिकशास्त्री लेटिया डेलारेजको नेतृत्वमा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय टोलीले यो खोज गरेको हो । यो खोज एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा प्रकाशित भएको छ । पहिलो ग्रह LP 890-9b वा TOI-4306b सुरुमा नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रह (TESS) द्वारा अवलोकन गरिएको थियो । यो नजिकैका ताराहरूको परिक्रमा गर्ने एक्सोप्लानेट्स खोज्नको लागि अन्तरिक्षमा पठाइएको अन्तरिक्ष मिशन हो ।

नासाको TESS विशेष गरी एक्सोप्लानेटसको खोजको लागी डिजाइन गरिएको हो । हाम्रो सौर्यमण्डल बाहिरका ग्रहहरूलाई एक्सोप्लानेट्स भनिन्छ । पत्ता लागेको ग्रह पृथ्वीभन्दा करिब ३० प्रतिशत ठूलो छ । यसले आफ्नो होस्ट स्टारको एक राउन्ड मात्र २.७ दिनमा पूरा गर्छ । लिग विश्वविद्यालयका अन्वेषकहरूले ग्रहको पुष्टि गर्न आफ्नो जमीनमा आधारित स्पेक्युलोस टेलिस्कोपहरू प्रयोग गरेका थिए ।

टेलिस्कोपको सहायताले पहिलो ग्रह मात्र पुष्टि हुन सकेन, दोस्रो र अहिलेसम्म अज्ञात ग्रह पत्ता लगाउन पनि सम्भव भयो। दोस्रो ग्रह LP 890-9c वा SPECULOOS-2c पृथ्वीभन्दा करिब ४० प्रतिशत ठूलो छ। यसले ८.५ दिनमा आफ्नो होस्ट तारा वरिपरि एक परिक्रमा पूरा गर्दछ । अध्ययनका सह-लेखकहरू मध्ये एक, फ्रान्सिस्को जे पोजुएलोसले सूर्य र बुध भन्दा १० गुणा नजिक रहेर यसले आफ्नो ताराको धेरै नजिक परिक्रमा गर्ने बताएका छन् ।

अध्ययनका अनुसार LP 890-9 तारा हाम्रो सूर्य भन्दा ६.५ गुणा सानो छ र यसको सतहको तापक्रम हाम्रो ताराको भन्दा आधा छ । त्यसकारण, यसको नजिकै अवस्थित LP 890-9c ग्रहमा बस्न योग्य अवस्था हुन सक्छ । केही दिनअघि वैज्ञानिकहरूले पानी मात्रै रहेको ग्रह पत्ता लगाएका थिए । रिपोर्टमा विश्वास गर्ने हो भने पृथ्वीबाट १०० प्रकाश वर्षको दूरीमा रहेको यो ग्रह पानीको बाक्लो तहले ढाकिएको छ । TOI-1452 b Draco तारामण्डलमा अवस्थित बाइनरी प्रणालीमा दुई साना ताराहरू मध्ये एउटालाई परिक्रमा गर्ने एक्सोप्लानेट हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै