• २०८१ बैशाख १५ शनिबार

सलमानको फिल्म रेस-३ निर्माण नसकिदै करोडौ कमाउदै

kharibot

मुम्बई । बलिवुड अभिनेता सलमान खानको फिल्म रेस-३ ले फिल्म रिलिज नहुदै रेकर्ड कमाई गर्ने भएको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्मको सेटेलाइट अधिकार १५० करोडमा बिक्रि गर्ने तयारी भएको छ । 

यस अघि फिल्मको सेटेलाइट अधिकारका लागि एक टिभी च्यानलले ७५ करोड अफर गरेको भएपनि फिल्ममा सलमानको उपस्थिति पछि सो रकम डबल गरिएको भारतीय मिडिया मिड डेले उल्लेख गरेको छ । यो कुनै पनि बलिवुड फिल्मले सेटेलाइट अधिकार वापत पाउने सबै भन्दा धेरै रकम हो ।

सलमान खान कै यस अघि रिलिज गिरएको फिल्म टाइगर जिन्दा हैको सेटेलाइट अधिकार ७० करोडमा बिक्रि भएको थियो । 

फिल्ममा सलमानले आफ्नो पारिश्रमिक बापत नाफामा हिस्सा लिने छन् भने सेटेलाइट अधिकारबाट आउने पैसाको पनि हिस्सा लिने सम्झौता गरेका छन् ।

फिल्मलाई सलमान खान र निर्माता रमेश तौरानीले निर्माण गरेका हुन् । आगामी जुन १५ मा रिलिज हुने यस फिल्ममा सलमान खानका आलावा बबी देओल, अनिल कपुर, डेजी शाह, ज्याक्लिन फर्नान्डिस, साकिब सलेम लगायतका कलाकारले अभिनय गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय