• २०८१ बैशाख १६ आइतबार

प्रेस क्लव दुधौलीको प्रथम नगर सभा सम्पन्न 

kharibot

सिन्धुली । आईतबार प्रेस क्लब दुधौलीको प्रथम नगर सभा सम्पन्न भएको छ । 

दुधौली नगरपालीकामा रहेका पत्रकारहरुको हक, हित र अधिकार संरक्षण गर्ने तथा नगरमा नव आगन्तुक पत्रकारहरुलाई तालीम दिनका साथै अन्य विविध कार्यमा समेत नेतृत्व गर्ने बताइएको छ । 

नगर सभा पश्चात , रबिन्द्र भट्टराई सागर अध्यक्ष, रोहित कुमार गुरुङ र   गंगाराम कार्की उपाध्यक्ष, दिनेश बुढाथाकी सचिव, स्वस्तिका खड्का सहसचिव, शोभा गौतम कोषाध्यक्ष र क्लबको सल्लाहकारमा रोहित भट्टराई र दिपेन्द्र बुढाथोकी संगै ११ जना पत्रकारहरु कार्यसमितिमा चयन भएका छन् । 

कार्यक्रममा दुधौली नगरपालीका प्रमुख धनश्याम राउत, बुद्धिजीवी तथा शिक्षक झमक खनाल, समाजसेवी लाल बहादुर बुढाथोकीको उपस्थिती रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै