• २०८१ जेठ ४ शुक्रबार

राजु गुरुङको रिट न्यायाधीश फुयालको एकल इजलासमा

kharibot

काठमाडौँ । रुपन्देही- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको रिट पेसी चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा उक्त रिटको पेसी चढेको हो ।

रुपन्देही-२ मा सत्तारुढ गठबन्धनका तर्फबाट मनोनयन दर्ता गरेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि गुरुङले मनोनयन खारेजीविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।

एकीकृत समाजवादीका नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।

उक्त क्षेत्रमा नेकपा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेलको पनि उम्मेदवारी परेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै