• २०८१ जेठ ४ शुक्रबार

रुपन्देही-२ मा गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी कायम

kharibot

काठमाडौं । रुपन्देही-२ का गठबन्धनको तर्फबाट संयुक्त उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी कायम भएको छ ।

उम्मेदवारी खारेजीसम्बन्धी रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै गुरुङको उम्मेदवारी यथास्थितिमा राखेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । 

सोमबार सूचना जारी गर्दै निर्वाचन कार्यालयले अदालतको आदेशअनुसार गुरुङको उम्मेदवारी कायम गरिएको स्पष्ट गरेको छ । यसअघि निर्वाचन कार्यालयले असोज २५ गते गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

यस क्षेत्रमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै