• २०८१ बैशाख २० बिहीबार

रूपन्देही-२ का राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले रूपन्देही-२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको इजलासले गुरूङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको सर्वोच्चले जनाएको छ ।

आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन कार्यालयको निर्णय बदर गर्न मा गर्दै गुरुङको रिटमा उक्त इजलासले दुबै पक्षको छलफल बोलाएको छ । दुबै पक्षको बहस सुनेपछिमात्र यो आदेश निरन्तर हुने वा नहुने अर्को आदेश गर्ने भएको छ ।

गुरुङ रुपन्देही-२ मा सत्तारुढ गठबन्धनका संयुक्त उम्मेदवार समेत थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै