• २०८१ जेठ ४ शुक्रबार

रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

kharibot

काठमाडौं । रुपन्देही- २ का नेकाप एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले गरेको उम्मेदवारी खारेजीको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि गुरुङको उम्मेदवारी खारेज भएको हो । शुक्रबार सर्बोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरेको छ ।

शुक्रवार न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले गुरुङको उम्मेदवारी कानूनविपरित देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने आदेश दिएको हो ।

सर्बोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार हुन पाउने छैनन् । उनी रुपन्देही-२ मा गठबन्धनका समेत उम्मेदवार थिए । सो क्षेत्रमा एमालेका उपाध्यक्ष बिष्णु पौडेल पनि उम्मेदवार रहेका छन् ।

यसअघि आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

सर्वोच्चको आदेश:

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय