• २०८१ बैशाख १७ सोमबार

मेसीको अन्तर्वार्ता लिदा पत्रकार रोएपछि...

kharibot

काठमाडौँ । लियोनेल मेसीको अन्तर्वार्ता लिनेक्रममा अर्जेन्टिनी पत्रकार रोएको विषय अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

अर्जेन्टिनी पत्रकार मेसीको अन्तर्वार्ता लिनेक्रममा भावुक बनेपछि स्थिति असहज बनेको थियो । अन्तर्वार्ता लिने पत्रकार रुन थालेपछि मेसी असहज भएका थिए । शुरुमा त पत्रकार रुन थालेपछि मेसीले हासेर रियाक्सन दिएका थिए तर पछि उनले रोइरहेका पत्रकारलाई सान्त्वना दिदै सम्झाएपछि स्थिति सहज भएको थियो ।

यो घटना मेसीले अर्जेन्टिनी डाइरेक्ट टिभीका पत्रकार पाब्लो गिराल्टलाई दिइरहेको बेला भएको थियो । पाब्लोले मेसीले अर्जेन्टिनालाई कोपा अमेरिका जिताएको अवस्था सम्झिदै भावुक भएका थिए । 

भिडियो सामाजिक संजालमा भाइरल भइरहेका बेला यसको म्स्रित प्रतिक्रिया आएको छ । पत्रकार भावुक बनेका बेला मेसी हासेको भन्दै उनको कतिले आलोचना गरेका छन् भने कतिले दुवै जना नर्भस भएको टिप्पणी गरेका छन् ।

विश्वकप फुटबल नजिकिदै गर्दा मेसीले घरेलु पत्रकारहरुलाई अन्तर्वार्ता दिइरहेका छन् । अर्जेन्टिना अहिले लगातार ३५ खेलमा अपराजित रहेको छ र कतार विश्वकपको प्रबल दाबेदार मानिएको छ । कतार विश्वकपमा समुह सी मा रहेको अर्जेन्टिनाको समुहमा साउदी अरेबिया, पोल्याण्ड र मेक्सिको रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै