• २०८१ जेठ ८ मंगलबार

श्रीलङ्काले दियो अष्ट्रेलियालाई १५८ रनको लक्ष्य 

kharibot

काठमाडौँ । टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा श्रीलङ्काले अष्ट्रेलियालाई १५८ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको हो । 

श्रीलङ्काका लागि पथुप निससन्काले ४० रन बनाए भने चारिथ असलङ्काले अविजित ३८ रन बनाएका थिए । त्यसैगरी धनञ्जय डि सिल्भाले २६ रन बनाए । चमिका करुरत्नेले १४ रन बाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

त्यसैगरी अष्ट्रेलियका बलर जोस हेजसवुड, पेट कुमिन्स, मिच्यल स्टार्क, अष्टिन अगर र ग्लेन म्याग्स्वेलले समान एक–एक विकेट लिएका थिए । 

१५८ रनको लक्ष्य पाएको श्रीलङ्काले अहिले जवाफी ब्याटिंग गर्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै