• २०८१ बैशाख १८ मंगलबार

विश्वकपमा अष्ट्रेलियाको पहिलो जित, श्रीलङ्का ७ विकेटले पराजित 

kharibot

काठमाडौँ । टी–२० विश्वकपको सुपर १२ अन्तर्गतको खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ७ विकेटले पराजित गरेको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको श्रीलङ्काले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । अष्ट्रेलियाले १५८ रनको लक्ष्य १६.३ ओभारमा भेट्टायो ।

अष्ट्रेलियका लागि मार्कस स्टोनिसले १८ बलमा ५९ र एरोन फिन्चले अविजित ३१ रनको योगदान दिए । यस्तै ग्लेन मेक्स्वलले २३, मिचेल र्मासले १८ र डेविड वार्नरले ११ रन बनाए । 

श्रीलङ्काका बलर धनञ्जय डि सिल्भा, चमिका करुनारत्ने र महेश थेक्सनाले समान एक–एक विकेट लिए । 

यसअघि श्रीलङ्काका लागि पथुप निससन्काले ४० रन बनाए भने चारिथ असलङ्काले अविजित ३८ रन बनाएका थिए ।

त्यसैगरी धनञ्जय डि सिल्भाले २६ रन बनाएका थिए । चमिका करुरत्नेले १४ रन बाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

त्यसैगरी अष्ट्रेलियका बलर जोस हेजसवुड, पेट कुमिन्स, मिच्यल स्टार्क, अष्टिन अगर र ग्लेन म्याग्स्वेलले समान एक–एक विकेट लिएका थिए । 

अष्ट्रेलियाको यो पहिलो जित हो । यसअघिको पहिलो खेलमा अष्ट्रेलिय न्यूजल्याडसँग पराजित भएको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै