• २०८१ बैशाख १८ मंगलबार

टी–२० विश्वकपमा सहभागी कुन देशले कति नगद पुरस्कार पाए ?

kharibot

काठमाडौँ । टी–२० विश्वकप २०२२ को उपाधि ईङल्याण्डले जितेको छ । आइतबार पाकिस्तानलाई पराजित गर्दै ईङल्याण्ड दोस्रो पटक टी-२० विश्वकपको उपाधि जितेको हो ।

विश्वकपको उपाधि जितेको ईङल्याण्डले आइसीसीबाट १६ मिलियन डलर रकम पाएको छ । त्यस्तै उपविजेता बनेको पाकिस्तानले भने ८ लाख डलर पाएको छ ।

यसबाहेक प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई पनि आईसीसीले नगद पुरस्कार दिएको छ ।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टदेखि हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो ।

पहिलो राउण्डमा बाहिरिने टोलीलाई पनि ४० हजार डलर दिइएको छ । जसमा नामिबिया, युएई, वेस्ट इन्डिज र स्कटल्याण्डका टोलीहरूले ४० हजार डलर पाएका छन् ।

सेमिफाइनलमा पराजित भारत र न्यूजिल्याण्डले ४ लाख डलर पाएका छन् ।  त्यस्तै सुपर–१२ चरणबाट बाहिरिएका आठ टोलीले ७० हजार डलर प्राप्त गरेका छन् । जसमा अष्ट्रेलिया, अफगानिस्तान, आयरल्याण्ड, श्रीलंका दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बाब्वे सुपर १२ को समुह चरणबाट बाहिरिएका थिए । 

टी-२० विश्वकपको कुल पुरस्कार राशि ५.६ मिलियन डलर रहेको थियो । प्रतियोगितामा भाग लिने सबै टोलीलाई निश्चित रकम पुरस्कार राशि प्रदान गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै