• २०८१ बैशाख १८ मंगलबार

पिएनजी टी–२० विश्वकपमा छनोट

kharibot

काठमाडौँ । पपुवा न्युगिनी (पिएनजी) सन् २०२४ मा हुने टी–२० विश्वकपका लागि छनोट भएको छ । शुक्रबार भएको पूर्वी एसिया प्यासिफिक छनोटमा पिएनजीले फिलिपिन्सलाई १०० रनले पराजित गरेर विश्वकपमा छनौट भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) २०२४ को टी–२० विश्वकप अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने भएको छ । यो टी-२० विश्वकपको नवौं संस्करण हुनेछ । अर्को वर्ष आयोजना हुने टी–२० विश्वकपमा कुल २० टोलीको सहभागिता रहनेछ । यस प्रतियोगितामा हालसम्म १५ टोली छनोट भएका छन् । अब पाँच टोली छनौट हुन बाँकी छ ।

बाँकी पाँच टोलीको निर्णय अमेरिका छनोट, एसिया छनोट र अफ्रिका छनोटले गर्नेछ । अमेरिकाबाट एक टोली, एसिया र अफ्रिकाका दुई–दुई टोलीले २०२४ को टी–२० विश्वकप खेल्ने मौका पाउनेछन् ।

आयोजक वेस्ट इन्डिज र अमेरिका बाहेक भारत, इङल्याण्ड, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, अष्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स, आयरल्याण्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी २०२४ को टी-२० विश्वकपका लागि छनोट भइसकेका छ ।

पहिलो पटक टी–२० विश्वकपमा २० टोलीले भाग लिनेछन् । यसअघि सन् २००७ देखि २०१२ सम्मका चार विश्वकपमा १२ टोली र २०१४ देखि २०२२ सम्मका चार विश्वकपमा १६ टोलीले सहभागिता जनाएका थिए ।

यी २० टोलीलाई चार समूहमा विभाजन गरिनेछ । ५–५ टोलीसहित चार समूहमध्ये शीर्ष २ आठ टोलीले अर्को चरणमा प्रवेश गर्नेछन् । यी समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि फाइनल खेल हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै