• २०८१ बैशाख १७ सोमबार

ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन इयू सदस्य राष्ट्रले ५.७ अर्ब यूरो दिने

kharibot

ब्रसेल्स, बेल्जियम  ।  यूरोपेली यूनियन (इयू)का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता वापत बुधबार ५.७ अर्ब यूरो उपलब्ध गराउने भएका छन् । 

कारोबारको माध्यम यूरो बनाएका इयूका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटबाट पार लगाउन विभिन्न दिन सहमत किस्तामध्येको यो पहिलो किस्ता हो । 

यसले ग्रीसलाई यस बर्षभित्र जमानत कार्यक्रमबाट फिर्ता हुने बाटोलाई सहज बनाउने अपेक्षा गरिएको छ । 

यूरोको प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन् २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रम अन्तर्गतको पहिलो किस्तास्वरूप ५.७ अर्ब यूरो पु¥याउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन यही बर्षको जनवरीमा सहमति जनाएका थिए । 

बाँकी एक अर्ब यूरो भने ग्रीसले अन्तिम सुधारको काम नगरेसम्म रोकिने र मेभन्दा पहिले नदिने दाताहरूले जनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै