• २०८१ बैशाख १७ सोमबार

निर्वाचन आयोगद्वारा दीपक मनाङेलाई २५ हजार जरिवाना

kharibot

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई २५ हजार जरिवाना गरेको छ  ।

आयोगले गण्डकी प्रदेश सभा सदस्य मनाङ (२) का उम्मेदवार समेत रहेका गुरुङलाई निर्वाचनसम्बन्धि खर्चका बारेमा गरेको टिप्पणीको विषयमा जरिवाना गरेको हो ।

गुरुङले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी निर्वाचन खर्च सम्बन्धमा व्यक्त गरेको ‘‘जुन अहिले निर्चवाचन आयोगले ३३ लाख ३० लाख भन्दा बढी खर्च गर्नु हुदैन भनेको छ ..३० लाखमा नेपालमा चुनाव जित्छ यार…. मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाईदिन्छ” भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले जरिवाना गरेको हो ।

गुरुङले एक अन्तर्वाताको क्रममा यस्तो बोलेको भिडियो यसअघि विभिन्नमाध्यममार्फत सार्वजनिक भएपछि स्पष्टीकरण सोधिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै