• २०८१ बैशाख १७ सोमबार

सर्बियाविरुद्ध क्यामरुनको फाइटब्याक, दुवैले अंक बाँडे

kharibot

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत क्यामरुन र सर्बिया बराबरीमा रोकिएका छन् । 

सोमबार सम्पन्न खेलमा समुह जी मा रहेका क्यामरुन र सर्बियाले ३-३ गोलको बराबरी खेल्दै एक एक अंक बाडेका हुन् । 

यस खेलमा ३-१ गोल अन्तरले पछि परेको क्यामरुनले ३ मिनेटमा दुई गोल गर्दै खेल बराबरी गरेको थियो । 

क्यामरुनका लागि जीन चार्लेज, भिन्सेन्ट अबोउबकर र एरिक मेक्सिमले एक एक गोल गरेका थिए । 

त्यस्तै सर्बियाका लागि स्ट्राहिन्जा पाभलोभिक, सेरगेज मिलिनकोभिक र अलेक्जेन्डर मिट्रोभिकले एक एक गोल गरेका थिए । 

यो बराबरीपछि क्यामरुन र सर्बियाको २-२ खेलमा १-१ अंक भएको छ र क्रमश तेस्रो र चौथो स्थानमा रहेका छन् । 

यस समुहमा ब्राजिल एक खेलमा ३ अंक हासिल गर्दै शिर्ष स्थानमा छ भने स्वीट्जरल्याण्डले पनि पहिलो खेल जितेर ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

अब समुह चरणको अन्तिम खेलमा क्यामरुनले ब्राजिलको र सर्बियाले स्वीट्जरल्याण्डको सामना गर्ने छन् । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै