• २०८१ बैशाख १७ सोमबार

हत्या अभियोगमा धनुषाबाट दुई जना पक्राउ

kharibot

धनुषा  । धनुषाको मिथिला विहारी नगरपालिका ४ बाट हत्या अभियोगमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मिथिला बिहारी ४ का ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादवलाई पक्राउ गरेको जनाएको छ ।

सोही नगरपालिका ४ रमौलस्थित जग्गाको विषयमा हिजो वादविवाद हुँदा उनीहरूले ५३ वर्षका प्रभु यादवलाई कुटपिट गरी घाइते बनाएका थिए ।

उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाने क्रममा मृत्यु भएको थियो । त्यसक्रममा अन्य तीन जना पनि घाइते भएको प्रहरीले जनाएको छ । 

उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै