• २०८१ बैशाख १७ सोमबार

स्याङ्जा-२ मा काँग्रेस उपसभापति गुरुङको जित निश्चित

kharibot

स्याङ्जा । स्याङ्जा-२ को प्रतिनिधि सभातर्फको मतगणनामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जित निश्चित देखिएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार अब गणना हुन बाँकी मत भन्दा गुरुङ बढी अन्तरले अगाडी रहेकाले उनको जित निश्चित देखिएको हो ।

अब चापाकोट नगरपालिकाका दुई वडाको ३१९९ मत गणना बाँकी रहदा गुरुङ ६ हजार ३८ मतको अन्तरले अगाडी रहेका छन् ।  

गुरुङले अहिलेसम्म ३० हजार ३१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी पद्मा कुमारी अर्यालले २४ हजार २७५ मत प्राप्त गरेकी छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ८६८ मत प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै