• २०८१ बैशाख १७ सोमबार

सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफबीच सम्झौता

kharibot

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । दुवै संंस्थाका प्रमुुखहरुले बैंकास्योरेन्स सम्झौता गरेका हुुन् । 

सम्झौताअनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले  हस्ताक्षर गरेका छन् ।  

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र पाँचवटा एक्स्टेन्सन काउण्टर र उपत्यकाबाहिर ८२ शाखाहरु र तीन वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बंैकिङ गरी जम्मा एक सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै